झापामा एक मतदान अधिकृत कारबाहीमा, मापसेको आरोपपछि सहायक मतदान अधिकृत अस्पतालमा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

झापामा एक मतदान अधिकृत कारबाहीमा, मापसेको आरोपपछि सहायक मतदान अधिकृत अस्पतालमा


३० बैशाख २०७९, शुक्रबार


काठमाडौँ । झापामा एक मतदान अधिकृत कारबाहीमा परेका छन् ।

कमल गाउँपालिका–६ स्थित पाणिनी मावि मतदान केन्द्र ‘ग’ मा खटिएका मतदान अधिकृत शैलेन्द्रकर्ण कारबाहीमा परेको जिल्ला निर्वाचन अधिकृत तुलसी नेपालले जानकारी दिए ।

कर्णले एकपक्षीय गरेको आरोप लागेपछि उनको स्थानमा गए राति नै अर्का मतदान अधिकृत खटाइएको उनले बताए ।

यस्तै, मादक पदार्थ सेवन गरेको आरोप लागेपछि झापा गाउँपालिका–६ स्थित जनता मावि ‘ग’ मतदान केन्द्रका सहायक अधिकृत सुरेन्द्र बस्नेतलाई भने मेडिकल लगिएको छ ।

उनले मादक पदार्थ सेवन गरेको मतादाताले आरोप लगाएपछि प्रहरीको जिम्मा लगाएर अस्पताल पठाइएको नेपालले जानकारी दिए ।

स्थानीय तह निर्वाचनअन्तर्गत आज बिहान ७ बजेदेखि देशभर मतदान भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस