मतदानपछि फर्किँदै गर्दा एक वृद्धको मृत्यु « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

मतदानपछि फर्किँदै गर्दा एक वृद्धको मृत्यु


३० बैशाख २०७९, शुक्रबार


काठमाडौँ । बैतडीमा मतदान गर्न गएका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ कफल्डाका ८४ वर्षीय हरिसिंह भाट रहेका प्रहरी निरीक्षक दीपक विष्टले जानकारी दिए ।

आज बिहान ८ बजे सनातन धर्म मावि खोचलेकमा मतदान गरेपछि फर्कने क्रममा मतदानस्थल बाहिर उनी बेहोस भएका थिए । उनलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस