आगामी जेठ २ गतेसम्म अदालत बन्द रहने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आगामी जेठ २ गतेसम्म अदालत बन्द रहने


२९ बैशाख २०७९, बिहिबार


काठमाडौँ । स्थानीय तहको निर्वाचन र सार्वजनिक बिदाका कारण सर्वोच्च अदालतसहित देशभरका अदालत आगामी जेठ २ गतेसम्म बन्द हुने भएको छ ।

सर्वोच्च अदालतका सह प्रवक्ता देवेन्द्र ढकालले आज जारी गरेको सूचनामा यही वैशाख ३० गतेदेखि आगामी जेठ २ गतेसम्म स्थानीय तहको निर्वाचन एवं सार्वजनिक बिदा परी लगातार चार दिन अदालत बन्द रहने उल्लेख छ ।

अदालतले न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम आगामी जेठ २ गते सोमबारका दिन बन्दी प्रत्यक्षीकरण सुनुवाइ गर्ने प्रयोजनार्थ बिहान ११ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म सर्वोच्च अदालत खुला रहने जनाएको छ ।

सम्बन्धित समाचार : सर्वोच्चले जेठ २ को सार्वजनिक बिदामा पनि बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ गर्ने

Tags :
प्रतिक्रिया दिनुहोस