पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना सङ्क्रमण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना सङ्क्रमण


२९ बैशाख २०७९, बिहिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४६३ जनाको पीसीआर परीक्षणमा ४ जना र ३५४ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी ४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १८ जना निको भएका छन् भने हाल देशभर १७३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

जसमध्ये १७२ जना होम आइसोलेसनमा रहेका छन् भने १ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ११ लाख १९ हजार १८९ पुगेको छ ।

योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६६ हजार ८५७ जना सङ्क्रमणमुक्त भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस