निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ६६ जनालाई स्पष्टीकरण « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ६६ जनालाई स्पष्टीकरण


२९ बैशाख २०७९, बिहिबार


काठमाडौँ । निर्वाचन आयोगले हालसम्म स्थानीय तह निर्वाचनको आचारसंहिता उल्लङ्घन गर्ने ६६ जनालाई स्पष्टीकरण सोधेको छ ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आचारसंहिता लागु भएयता ६६ जनालाई स्पष्टीकरण सोधिएको जानकारी दिए ।

नौ वटा सचेत गराइएको र एउटा ध्यानाकर्षणको निर्णय भएको उनले बताए । अर्यालले आचारसंहिता अनुगमनमा नियमित अनुगमन टोली र निर्वाचन अनुगमन टोलीले कार्यान्वयनको काम गरिरहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस