गुरुङले मौन अवधिमा भोट मागेको भिडिओ फेसबुकबाट हटाए « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

गुरुङले मौन अवधिमा भोट मागेको भिडिओ फेसबुकबाट हटाए


२८ बैशाख २०७९, बुधबार


काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले मौन अवधिमा पोस्ट गरेको भोट माग्दै गरेको भिडिओ फेसबुकबाट हटाएका छन् ।

गुरुङले भेरिफाइड फेसबुक अकाउन्टमा आज (बुधबार) बिहान ८ बजेर १० मिनेटमा भोट मागेको भिडिओ पोस्ट गरेका थिए ।

सम्बन्धित समाचार : पृथ्वीसुब्बा गुरुङले मागे आचारसंहिता विपरीत भोट

उक्त भिडिओमा उनले एमाले उम्मेदवारलाई मत दिएर जिताउन अपिल गरेका थिए । बुधबार दिउँसो उनले उक्त भिडिओ पोस्ट हटाएका छन् ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मंगलबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ।

मौन अवधिमा कुनै पनि माध्यमबाट मत माग्न पाइन्न ।

Tags :
प्रतिक्रिया दिनुहोस