कलङ्कीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

कलङ्कीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


२८ बैशाख २०७९, बुधबार


काठमाडौँ। काठमाडौँको कलङ्की चोकमा आज बिहान टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

थानकोटबाट कलङ्कीतर्फ आइरहेको बा ५ ख ७३४५ नम्बरको टिपरले सोही दिशामा रहेको बा ८० प ६३७३ नम्बरको मोटरसाइकललाई आज बिहान करिब ३ बजे ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट मोटरसाइकल चालक धादिङको धुनिवेशी नगरपालिका-२ घर भएका ४५ वर्षीय दिवाकर अधिकारीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

टिपर चालकलाई कालीमाटी प्रहरीले नियन्त्रणमा लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस