सप्तरीमा राष्ट्रिय परिचयपत्र दर्ता स्थगित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सप्तरीमा राष्ट्रिय परिचयपत्र दर्ता स्थगित


२७ बैशाख २०७९, मंगलबार


सप्तरी । सप्तरीमा राष्ट्रिय परिचयपत्र दर्तासम्बन्धी सेवा बुधबारदेखि एक साताका लागि स्थगित हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गर्दै यही वैशाख २८ देखि जेठ ३ गतेसम्मका लागि राष्ट्रिय परिचयपत्र दर्तासम्बन्धी सेवा स्थगित गरिएको जानकारी दिएको छ ।

स्थानीय तहको निर्वाचन कार्यमा कार्यालयका कर्मचारी खटिने भएकाले राष्ट्रिय परिचयपत्र दर्तासम्बन्धी सेवा स्थगन गरिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस