देशलाई दुर्घटनाबाट जोगाउन गठबन्धनका उम्मेदवारलाई जिताउनु पर्छ : प्रचण्ड « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

देशलाई दुर्घटनाबाट जोगाउन गठबन्धनका उम्मेदवारलाई जिताउनु पर्छ : प्रचण्ड


२६ बैशाख २०७९, सोमबार


धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई दुर्घटनाबाट जोगाउन सत्तारुढ गठबन्धनका उम्मेदवारलाई स्थानीय तह निर्वाचनमा विजयी गराउनुपर्ने दोहोर्‍याएका छन् ।

सोमबार सत्तारुढ गठबन्धनले धनगढीमा आयोजना गरेको चुनावी आमसभामा प्रचण्डले सत्तारुढ गठबन्धनलाई वामपन्थी र लोकतान्त्रिक शक्तिको मिलन भनी परिभाषित गरे ।

उनले भने, ‘हामी वामपन्थी र लोकतान्त्रिक पार्टीले झगडा गर्दाखेरि देश र जनताले दुःख पाएका छन् । हामीले आपसमा समझदारी गर्दा देशका समस्या समाधान भएका छन् । त्यसैले देशलाई दुर्घटनाबाट जोगाउन गठबन्धनलाई जिताउन जरुरी छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस