स्थानीय निर्वाचनमा हवाई सेवा बन्द नहुने « प्रशासन
Logo २ असार २०८१, आइतबार
   

स्थानीय निर्वाचनमा हवाई सेवा बन्द नहुने


२३ बैशाख २०७९, शुक्रबार


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले स्थानीय तहको निर्वाचनका बेला हवाई सेवा बन्द नहुने जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक प्रेम नाथ ठाकुरले सुरक्षा निकायसँग आज (शुक्रबार) भएको बैठकमा विमानस्थल सुचारु हुने निर्णय भएको बताए ।

‘स्थानीय निर्वाचनमा अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थल बन्द हुँदैन,’ महाप्रबन्धक ठाकुरले भने, ‘वायुसेवाहरुले यात्रुहरुको संख्याका आधारमा उडान कटौती गर्ने उनीहरुको विषय हो तर उडान नियमित हुने छन् ।’

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हालसम्म काठमाडौँ लगायत देशभरका विमानस्थल बन्द गर्ने कुनै पनि निर्णय नभएको बताए ।

काठमाडौँ लगायत देशभरका विमानस्थलमा दैनिक ३ सय हाराहारी आन्तरिक र ५० हाराहारी अन्तर्राष्ट्रिय उडान हुने गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस