निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउने सरकारको दायित्व हो: गृहमन्त्री खाण « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउने सरकारको दायित्व हो: गृहमन्त्री खाण


२२ बैशाख २०७९, बिहिबार


राजविराज । गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न गर्ने दायित्व सरकारको हो भनेका छन् ।

सप्तरीको राजविराजमा नेपाली काँग्रेसका कार्यकर्तासँगको भेटघाटमा आज उहाँले स्थानीय तह निर्वाचनलाई स्वच्छ र निष्पक्ष ढङ्गबाट सम्पन्न गराउन सुरक्षा निकायलाई निर्देशन पनि दिए । गृहमन्त्री खाणले लोकतन्त्रलाई मजबुत बनाउनका लागि आगामी वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मैत्रीपूर्णरूपमा सहभागी हुन सबै राजनीतिक दललाई आग्रह पनि गरे ।

निर्वाचन सम्पन्न भएपछि देशले परिवर्तनको गति लिने भन्दै नेपाली काँग्रेस लोकतन्त्रको रक्षा गर्ने पार्टी भएको बताए । गृहमन्त्री खाणले मुलुकमा लोकतन्त्रको सुदृढीकरणका लागि काँग्रेसलाई मत दिन आग्रह पनि गरे ।

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य दिनेशकुमार यादवले आगामी निर्वाचनमा समग्र नागरिकका एजेण्डालाई समेटेर अघि बढेकोले निर्वाचनपछि मुलुकको सबैभन्दा ठुलो दल बन्ने जिकिर गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस