प्रचण्डको आजदेखी २७ गतेसम्म चुनावी सभामा सम्बोधनको कार्यतालीका तय « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

प्रचण्डको आजदेखी २७ गतेसम्म चुनावी सभामा सम्बोधनको कार्यतालीका तय


२२ बैशाख २०७९, बिहिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चुनावी सभा सम्बोधनको कार्यतालिका तय भएको छ ।

प्रचण्डले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन लक्षित ६ वटा आमसभालाई सम्बोधन गर्ने भएका हुन् ।

प्रचण्डले आज (बिहीबार)चितवनको भरतपुरको चुनावी सभालाई सम्बोधन गर्ने कार्यतालिका छ । उनले वैशाख २३ गते काठमाडौँको चुनावी सभालाई सम्बोधन गर्ने छन् भने २४ गते दाङको घोराहीको सभालाई सम्बोधन गर्ने कार्यतालिका छ ।

यस्तै २५ गते कालिकोट, २६ गते तनहुँको बन्दिपुर र २७ गते बाराको जीतपुर सिमारामा हुने चुनावी आमसभालाई प्रचण्डले सम्बोधन गर्ने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस