हर्षोेउल्लासका साथ मनाइयो इद उल फित्र « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

हर्षोेउल्लासका साथ मनाइयो इद उल फित्र


२० बैशाख २०७९, मंगलबार


मोरङ । इस्लाम धर्मावलम्बीहरूले इद उल फित्र (इद) पर्व हर्षोल्लासका साथ आज यहाँ मनाइएको छ ।

इस्लाम समुदायमा रमजान महिनालाई निकै पवित्र मानिन्छ, रमजानको महिना सुरु हुने बित्तिकै, चन्द्रमा हेरेर इद–उल–फित्र मनाइन्छ ।

विराटनगर–१३ स्थित इदगाहमा गएर इस्लाम धर्मावलम्बीहरुले आज सामूहिक नमाज (प्रार्थना) गर्नुका साथै एक आपसमा अँगालो मारेर इद मुबारक (बधाई तथा शुभकामना) साटासाट गरिएको छ ।

गत चैत २० देखि सुरु भएको रमजानको एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान दिनमा निराहार बस्छन् । शरीरलाई चोखो राखेर मात्र रोज बस्नुपर्छ । दान दिनु, गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठुलो विशेषता हो ।

कुलतमा लागेका मानिस एक महिना इमानदारीपूर्वक रोजा बस्न सक्यो भने चुरोट, खैनी, गुट्खा आदि पदार्थ खाने बानीमा परिवर्तन आउन सकिने अनुमान गर्न सकिन्छ । त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमान रोजा बस्नुलाई गर्व मान्दछ ।

नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवतीलाई रोजा बस्न अनिवार्य छैन । यस पर्वमा बिर्यानी, पुलाउ, सेबइ, दुग्ध, मासुका परिकार, फलफूल खाने प्रचलन छ ।

Tags :
प्रतिक्रिया दिनुहोस