बैतडीमा वडा सदस्यका उम्मेदवारमाथि खुकुरी प्रहार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बैतडीमा वडा सदस्यका उम्मेदवारमाथि खुकुरी प्रहार


२० बैशाख २०७९, मंगलबार


काठमाडौँ । बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर ५ का वडा सदस्यका उम्मेदवार हरिराम साउँदमाथि खुकुरी प्रहार भएको छ ।
सोमबार राति करिब साढे १० बजे ६० वर्षीय साउँदमाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

माओवादी केन्द्रबाट उम्मेदवार बनेका साउँदमाथि अजित साउँदको समूहले आक्रमण गरेको आरोप छ । तर उनीहरुको खोजी भइरहेको जोशीले बताए । ‘स्थानीय अजित साउँदको समूहले आक्रमण गरेको बुझिएको छ, उनीहरूको खोजी भइरहेको छ ’ उनले भने ।

गम्भीर घाइते भएका साउँदको टाउको र शरीरमा गहिरो चोट लागेको छ । स्थानीय गोकुलेश्वर अस्पतालमा समान्य उपचारपछि उनलाई थप उपचारका लागि धनगढी रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस