नेता पुनको दाबी: गठबन्धन ओली हराउन हो, त्यसपछि काँग्रेस र माओवादीबीच प्रतिस्पर्धा हुन्छ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेता पुनको दाबी: गठबन्धन ओली हराउन हो, त्यसपछि काँग्रेस र माओवादीबीच प्रतिस्पर्धा हुन्छ


१८ बैशाख २०७९, आइतबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अहिलेको सत्ता गठबन्धन केपी ओली प्रवृत्तिविरुद्ध रहेको भन्दै ओलीलाई चुनावमा हराइसकेपछि काँग्रेस र माओवादीबीचमा प्रतिस्पर्धा हुने दाबी गरेका छन् ।

मे दिवसका अवसरमा माओवादी निकट मजदुर सङ्गठनको कार्यक्रममा नेता पुनले ओलीलाई परास्त गरेपछि यो गठबन्धन सधैँ नरहने बताए । उनले एमालेभित्र पनि ओली प्रवृत्तिबाहेक अरु भोलिका दिनमा माओवादीसँगै मिल्ने दाबी गरे ।

पुनले भने, ‘केपी ओली वामपन्थी होइनन्, अहिले लोकतन्त्रको रक्षका लागि भएको गठबन्धन सधैँ रहने भन्ने होइन । उपलब्धिको रक्षाप्रति हामी प्रतिस्पर्धा गर्छौँ । तर, ओली प्रवृत्तिलाई परास्त गरेपछि मात्र ।’

नेता पुनले एमाले एक्लै क्विन्टल हो भन्ने ओली वेट नपुगेर काँग्रेसले कारबाही गरेका गोविन्दराज जोशीदेखि कमल थापासमेतलाई ढक थप्दै हिँडेको आरोप लगाए । पुनले रोल्पामा एमालेले माओवादी हराउन ६ वटा पालिकामा विप्लव समूहसँग गठबन्धन गरेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस