रोजगारी र श्रमको मौलिक हक कार्यान्वयन गर्न राष्ट्रिय युवा परिषद्को आग्रह « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

रोजगारी र श्रमको मौलिक हक कार्यान्वयन गर्न राष्ट्रिय युवा परिषद्को आग्रह


१८ बैशाख २०७९, आइतबार


काठमाडौँ। राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले रोजगारी नपाएका युवालाई रोजगारी दिलाउन र रोजगारी पाएका श्रमिकलाई उचित पारिश्रमिक दिन सरकार लगायत सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन् ।

बस्नेतले आसन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित हुने स्थानीय तहलाई श्रमिकको हक, हित र सामाजिक सुरक्षामा जोड दिन पनि अपिल गरेका छन् ।

१३३ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देशमार्फत रोजगारी र श्रमको मौलिक हक कार्यान्वयन गर्न आग्रह गर्दै बस्नेतले भनेका छन् । ‘नेपाली युवा मजदुरको सुरक्षित कार्य थलो, उचित पारिश्रमिक, सामाजिक सुरक्षा, नीति निर्माणमा सहभागिताको सुनिश्चितता गर्दै उनीहरूको जीवनमा प्रत्यक्ष अनुभूत हुने गरी परिणाममुखी काम गर्न सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउँदछु ।’

बस्नेतले कोरोना महामारीले रोजगारी गुमाएका युवाहरूलाई काममा फर्काउन मजदुर दिवसले सबैलाई घचघच्याउने विश्वास व्यक्त गरेका छन् । ‘कोरोना कहरका कारण समग्र अर्थतन्त्रमा परेको नकारात्मक असरसँगै श्रमिक तथा मजदुर वर्गले अत्यन्तै ठुलो प्रताडना मात्र बेहोर्नु परेको छैन, अपितु लाखौँको सङ्ख्याले रोजगारीबाट नै विमुख हुनुपरेको छ,’ बस्नेतले भनेका छन्, ‘यस विकराल स्थितिको अविलम्ब अन्त्य गर्दै आम श्रमिक वर्गलाई काममा फर्काउन यस दिवसले सरोकारित सबैलाई घच्घच्याउने विश्वास लिएको छु ।’

आठ घण्टाको कार्य दिवस सहित आफ्नो अधिकारका निमित्त अमेरिकाको सिकागो सहरका मजदुरहरूले गरेको सङ्घर्षको दिन १ मईलाई नेपाल लगायत विश्वभरका मजदुरहरूले मई दिवसका रूपमा मनाउँदै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस