भैरहवा विमानस्थलमा पुन: उडान सुरु « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

भैरहवा विमानस्थलमा पुन: उडान सुरु


१७ बैशाख २०७९, शनिबार


काठमाडौँ । बुद्ध एयरको जहाजको टायर पड्किएपछि अवरुद्ध भएको भैरहवाको गौतमबुद्ध विमानस्थलमा उडान –अवतरण फेरि सुरु भएको छ ।

शनिवार (आज) दिउँसो काठमाडौँतर्फ आउँदै गरेको बुद्ध एयरको जहाजको टायर टेकअफका क्रममा पड्किएपछि जहाज रनवेमै अड्किएको थियो ।

जहाज धावनमार्गबाट ट्याक्सी वेमा सारिएको र प्राविधिक टिमले जाँच गरिरहेको बुद्ध एअरले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस