यातायातमन्त्री महासेठले भने-न्युरोडमा काठमाडौँ महानगरले सडक तोडफोड गर्‍यो « प्रशासन
Logo ३ असार २०८१, सोमबार
   

यातायातमन्त्री महासेठले भने-न्युरोडमा काठमाडौँ महानगरले सडक तोडफोड गर्‍यो


१३ जेष्ठ २०८१, आइतबार


काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौँ न्युरोडमा काठमाडौँ महानगरले कानुनविपरीत तोडफोड गरेको आरोप लगाएका छन् ।

शनिबार काठमाडौँ महानगरले सडक विभागअन्तर्गतको सडक डिभिजन कार्यालयको गेटमा फोहोर फालेको थियो । फोहोर फाल्दै मेयर बालेन साहले महासेठको नाम लिँदै ठाडो आदेशमा काम रोकिदिएकाले ‘धुलो उपहार पठाएको’ बताएका थिए ।

सम्बन्धित समाचार : यातायातमन्त्री रघुवीर महासेठलाई उपहार भन्दै बालेनले पठाए एक ट्रक धूलो

मेयर साहले चत्रपथ विस्तारको काम नहुँदा सर्वसाधारण जनताले धुलो खानु परेको सामाजिक सञ्जालमा उल्लेख गरेका थिए । त्यसको प्रतिक्रिया दिँदै मन्त्री महासेठले भने, ‘कलङ्की देखि महाराजगजको कुरा व्यक्तिगत रूपमा सल्लाहका रूपमा लिएको छु । त्यसमा मेरो कुनै आपत्ति छैन । सुझावका रूपमा लिएको छु । तर, न्युरोडमा जुन क्रियाकलाव छ, तयो काननुसम्मत छैन । यत्ति हो मेरो कुरा ।’

शनिबार काठमाडौँ महानगरले सडक विभागअन्तर्गतको सडक डिभिजन कार्यालयको गेटमा महमानगरले फोहोर फालिदिएपछि दुवै पक्ष वादप्रतिवादमा उत्रिएका छन् ।

डिभिजन कार्यालयले शनिबार राति नै विज्ञप्ति जारी गर्दै अनुमतिबिना न्युरोडको स्टान्टर्ड मापदण्ड घटाउने काम भइरहेको हुँदा आफूहरूले रोकेको तर, महानगरले विषयान्तर गरेर चक्रपथको विषय जोडेको स्पष्टीकरण दिएको थियो ।

सम्बन्धित समाचार : ढोकामै धुलो फालिएकोप्रति सडक डिभिजनले भन्यो- ‘यसरी महानगरपालिकाको गरिमा बढ्दैन’ 

Tags :
प्रतिक्रिया दिनुहोस