भोलिदेखि आन्तरिक उडान बन्द गर्ने वायुसेवा सञ्चालकहरूको चेतावनी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भोलिदेखि आन्तरिक उडान बन्द गर्ने वायुसेवा सञ्चालकहरूको चेतावनी


१५ बैशाख २०७९, बिहिबार


काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले लागू गर्ने भनेको रात्रिकालीन उडानको योजनालाई आन्तरिक उडानका वायुसेवा कम्पनीले कार्यान्वयन नगर्ने भएका छन् ।

प्राधिकरणले भोलिदेखि नै राति ८ बजेपछि आन्तरिक हवाई उडानको उडानको तालिका राखेमा सबै आन्तरिक उडान सेवा बन्द गर्ने सङ्घको चेतावनी छ ।

प्राधिकरणले बुधबार नियमित उडान गरिरहेका आन्तरिक उडानका वायुसेवा कम्पनीहरूलाई पत्र लेखेर नयाँ उडान तालिकाबारे जानकारी गराएको थियो ।

तर, त्यस्तो तालिकाअनुसार उडान कार्यान्वयन गर्न प्राविधिक समस्या रहेको वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेलले बताएका छन् । अहिले रातको ८ बजे पछिका नियमित उडान कार्यान्वयन गर्न सक्ने अवस्था नरहेको कँडेलको भनाइ छ ।

सङ्घका अनुसार अग्रिम रूपमा टिकट काटिसकेको अवस्थामा उडान तालिका परिवर्तन गर्दा यात्रुलाई मार पर्ने भएकाले प्राधिकरणको निर्णय मान्न नसकिने अवस्था आएको हो ।

वायुसेवा कम्पनीहरूले नयाँ स्लट अनुसार उडान गर्न नसक्ने भन्दै संशोधन नभएसम्म सम्पूर्ण उडान स्थगित गर्ने समेत सङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सङ्घमा नेपाल एयरलाइन्सबाहेक निजी क्षेत्रमा सबै कम्पनीहरू सदस्य छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस