संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेर्रेस युक्रेनमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेर्रेस युक्रेनमा


१५ बैशाख २०७९, बिहिबार


दमासकस । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस युक्रेन पुगेका छन् । उनले सो कुरा ट्विट गरेर जनाएका छन् । उनले ट्विटमा भनेका छन्– म रुसको भ्रमणपछि आज युक्रेन पुगेको छु ।

बुधबार ट्विट गरेर उनले सो कुरा जानकारी दिएको विभिन्न विदेशी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

उनले युक्रेनमा रहँदा पछिल्ला केही हप्तायता रुसले गरेको आक्रमणबाट भएको क्षतिका साथै युक्रेनको अवस्थाको बारेमा जानकारी लिनेछन् ।

राष्ट्रसङ्घीय महासचिव गुटेर्रेसले युक्रेनमा रहँदा यहाँका द्धन्द्धग्रस्त क्षेत्रहरुको भ्रमण गरी यहाँ आवश्यक मानवीय क्षतिको अनुगमन गरी ती क्षेत्रका नागरिकको उद्धारका लागि सहयोग गर्ने बताएका छन् । उनले जतिसक्दो चाँडो युक्रेन युद्धको अन्त्य हुनुपर्ने पनि ट्विटमा बताएका छन् ।

महासचिव गुटेर्रेस हालैमात्र रुसको भ्रमणमा गएका थिए । त्यस भ्रमणका क्रममा उनले युक्रेनसँग कूटनीतिक वार्ता गरेर छिट्टै समस्याको समाधान निकाल्न र युद्ध रोक्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आग्रह गरेको पनि बताएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस