भारतले जम्मु कस्मिरमा ५ सय ४० मेगावाटको जलविद्युत आयोजना बनाउने « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

भारतले जम्मु कस्मिरमा ५ सय ४० मेगावाटको जलविद्युत आयोजना बनाउने


१५ बैशाख २०७९, बिहिबार


काठमाडौँ । भारतले पाकिस्तानसँगको विवादित भूमि जम्मु कस्मिरमा ५ सय ४० मेगावाटको जलविद्युत आयोजना बनाउने भएको छ ।

भारतीय पत्रिका द हिन्दुका अनुसार भारतको केन्द्रीय मन्त्रिपरिषद्ले बुधबार ‘क्वार हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट’ बनाउन स्वीकृति दिएको छ ।

यो आयोजना बनाउन ४ हजार ५ सय २६ करोड भारतीय रुपैयाँ लगानी हुनेछ ।

५४ महिनामा निर्माण सम्पन्न गर्ने भनिएको यो आयोजनामा २७ सय मानिसले रोजगारी पाउनेछन् ।

चेनाब भ्याली पावर प्रोजेक्ट्स लिमिटेडले बनाउने यो आयोजना जम्मु कस्मिर जिल्लाको किस्तवारस्थित चेनाब नदीमा निर्माण हुनेछ ।

जम्मु कस्मिरमा भएका नदीहरूबाट २० हजार मेगावाट बिजुली निकाल्न सकिने अध्ययनहरूले देखाएका छन् ।

तर अहिलेसम्म त्यहाँ २ हजार ४ सय मेगावाट बिजुली मात्रै निकालिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस