नागरिक उड्डयन प्राधिकरणले माग्यो कर्मचारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नागरिक उड्डयन प्राधिकरणले माग्यो कर्मचारी


१५ बैशाख २०७९, बिहिबार


काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।

करार सेवामा नियुक्तिका लागि प्राधिकरणले आवेदन आह्वान गरेको हो ।

रिक्त रहेका पदहरुमा स्थायी पदपूर्ति भए स्वतः हट्ने गरी प्राधिकरणले बढीमा एक वर्षका लागि करारमा प्राविधिकतर्फ सातौँ तहका लागि कर्मचारी नियुक्त गर्न लागेको हो ।

पुरुषको हकमा २१ वर्ष पूरा भएर ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेका योग्यता पुगेका व्यक्तिले आवेदन दिन सक्नेछन् ।

वैशाख २१ गतेसम्म आवेदन दिन सकिने प्राधिकरणले जनाएको छ । लिखित परीक्षा वैशाख २३ गते हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस