सल्यानको कुमाख गाउँपालिकामा विप्लव नेतृत्वको नेकपा र जनमोर्चाबीच गठबन्धन « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

सल्यानको कुमाख गाउँपालिकामा विप्लव नेतृत्वको नेकपा र जनमोर्चाबीच गठबन्धन


१२ बैशाख २०७९, सोमबार


सल्यान । सल्यानको कुमाख गाउँपालिकामा विप्लव नेतृत्वको नेकपाका स्वतन्त्र उम्मेदवार र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन हुने भएको छ ।

हिजो (आइतबार) नेकपाका स्वतन्त्र उम्मेदवार भीम भारती र जनमोर्चाका जिल्ला अध्यक्ष ढकन प्रसाद शर्माबीच गठबन्धनको सहमति भएको हो ।

सहमतिअनुसार जनमोर्चाले कुमाख गाउँपालिकाको वडा नम्बर ६ मा नेतृत्व लिने र पालिका तथा अन्य वडाको नेतृत्व नेकपाका स्वतन्त्र उम्मेदवारले लिने छन् ।

एक अर्कालाई स्थानीय तह निर्वाचनमा सहयोग र समर्थन गर्ने सहमतिमा उल्लेख गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस