स्थानीय तह निर्वाचन : एमाले सिन्धुपाल्चोकले टुङ्ग्यायो उम्मेदवार « प्रशासन
Logo २० जेष्ठ २०८१, आइतबार
   

स्थानीय तह निर्वाचन : एमाले सिन्धुपाल्चोकले टुङ्ग्यायो उम्मेदवार


११ बैशाख २०७९, आइतबार


सिन्धुपाल्चोक । आसन्न स्थानीय तह निर्वाचनका लागि एमाले सिन्धुपाल्चोकले उम्मेदवार टुङ्ग्याएको छ ।

पटक–पटकको छलफलपछि शनिबार राति उम्मेदवार टुङ्ग्याएको एमाले स्थायी कमिटी सदस्य एवं सिन्धुपाल्चोक इन्चार्ज शेरबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार बाह्रबिसे नगरपालिका प्रमुखमा निमफुन्जो शेर्पा, उपप्रमुखमा कल्याणी घिसिङ, चौतारा साँगाचोकगढी नगरपालिका प्रमुखमा इन्द्रबहादुर नेपाल, उपप्रमुख बालकुमारी सापकोटा, मेलम्ची नगरपालिका प्रमुखमा बालकृष्ण देउजा, उपप्रमुखमा उमा प्रधान, भोटेकोशी गाउँपालिका अध्यक्षमा अमृत खड्का, उपाध्यक्षमा सुन्तलीमाया तामाङ, त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्षमा मेघनाथ पौडेल, उपाध्यक्षमा सविता श्रेष्ठ, लिसङ्खुपाखर गाउँपालिका अध्यक्षमा सूर्यबहादुर लामा, उपाध्यक्षमा कञ्चन लामा उम्मेदवार टुङ्ग्याएको छ ।

यसैगरी सुनकोशी गाउँपालिका अध्यक्षमा टपिन्द्रप्रसाद तिमल्सिना, उपाध्यक्षमा मन्जु भण्डारी, बलेफी गाउँपालिका अध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्षमा चन्द्रावती थापा, जुगल गाउँपालिका अध्यक्षमा जयबहादुर लामा, इन्द्रावती गाउँपालिका अध्यक्षमा झम्कनाथ नेपाल, उपाध्यक्षमा शोभना तामाङ, पाँचपोखरी गाउँपालिका अध्यक्षमा टासी लामा, उपाध्यक्षमा सुनिता अधिकारी, हेलम्बु गाउँपालिका अध्यक्षमा हस्तबहादुर पण्डित रहेका छन् ।

जुगल र हेलम्बुको गाउँपालिकामा उपाध्यक्षको उम्मेदवार भने टुङ्ग्याउन बाँकी रहेको एमाले जिल्ला सदस्य दिनेश थापाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस