थप १८ जनामा संक्रमण, २८३ जना सक्रिय संक्रमित « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

थप १८ जनामा संक्रमण, २८३ जना सक्रिय संक्रमित


१० बैशाख २०७९, शनिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ६९१ जनाको पीसीआर परीक्षणमा १८ जनामा संक्रमण पुष्टि भएको हो । १ हजार २५६ जनाको एन्टिजेन परीक्षण गरिए पनि एक जनामा पनि संक्रमण नदेखिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १७ जना संक्रमणमुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन । हाल देशभर २८३ जना सक्रिय संक्रमित रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस