मेयरको उम्मेदवार पाउनुपर्ने माग गर्दै पोखरामा काँग्रेस कार्यालयमा नाराबाजी « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

मेयरको उम्मेदवार पाउनुपर्ने माग गर्दै पोखरामा काँग्रेस कार्यालयमा नाराबाजी


१० बैशाख २०७९, शनिबार


पोखरा । पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार आफूहरूले पाउनुपर्ने माग गर्दै नेपाली काँग्रेसका वडा सभापतिहरूले काँग्रेसको जिल्ला पार्टी कार्यालयमा नाराबाजी गरेका छन् ।

सत्तारुढ गठबन्धनमा रहेका दलहरूबिचको भागबन्डा अनुसार पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार एकीकृत समाजवादी पार्टीको भागमा परेको छ । तर महानगरपालिकाको ३३ वटै वडाका सभापतिहरूले मेयरको उम्मेदवार काँग्रेसको हुनुपर्ने माग गर्दै पार्टी कार्यालयमा नाराबाजी गरेका हुन् ।

पोखरा महानगरपालिकाको तालमेलको विषयमा नेपाली काँग्रेसभित्र विवाद छ । केन्द्रका नेताहरूले स्थानीय तह कमजोर बनाउने गरी सहमति गरेकाले स्वीकार्न नसकिने जिल्ला सचिव भानुभक्त ढकालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस