राजदूत सिफारिस समावेशी नभएको भन्दै सर्वोच्चमा रिट दायर « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राजदूत सिफारिस समावेशी नभएको भन्दै सर्वोच्चमा रिट दायर


९ बैशाख २०७९, शुक्रबार


काठमाडौँ । सरकारले गरेको राजदूत सिफारिस संसदीय सुनुवाइ प्रक्रियामा प्रवेश गरेको अवस्थामा सर्वोच्च अदालतमा रिट दायर भएको हो ।

सिफारिस समावेशी नभएको भन्दै अधिवक्ताहरू मोहना अन्सारी शैलेन्द्र प्रसाद अम्बेडकर, रक्षाराम हरिजन, यमकुमारी दलेल र रौतहटका राहुलकुमार रजकले रिट हालेका हुन् ।

संसदीय सुनुवाइ समितिले सिफारिस भएकाहरू विरुद्ध सार्वजनिक उजुरी आह्वान गरेको छ । २० जना सिफारिस भएका थिए । वैशाख १२ गते सुनुवाइका लागि पेसी तोकिएको छ ।

संसदीय सुनुवाइ समितिले यसअघि राजदूत सिफारिसमा समावेशी, समानुपातिकका साथै कूटनीतिमा चाहिने योग्यतालाई आधार मान्न सरकारलाई बारम्बार सुझाव र निर्देशन दिएको थियो । तर सरकारले त्यसलाई कुनै सम्बोधन गरेको थिएन ।

Tags :
प्रतिक्रिया दिनुहोस