मेयर रेनु दाहालले दिइन् राजीनामा « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

मेयर रेनु दाहालले दिइन् राजीनामा


९ बैशाख २०७९, शुक्रबार


चितवन । चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिएकी छिन् ।

३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनकातर्फबाट मेयरको उम्मेदवार बन्न दाहालले शुक्रबार उपमेयर पार्वती शाह ठकुरीलाई राजीनामा बुझाएकी हुन् । उनको राजीनामा उपमेयर ठकुरीले स्वीकृत गरेकी छिन् ।

निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेपछि सत्ता गठबन्धनबाट भरतपुरको मेयरमा दोस्रो पटक उम्मेदवार बन्न लागेकी दाहालले राजीनामा दिएकी हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस