अक्सिजन प्लान्टमा भएको विस्फोटको छानबिन गर्न गृहमन्त्री खाँणको निर्देशन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अक्सिजन प्लान्टमा भएको विस्फोटको छानबिन गर्न गृहमन्त्री खाँणको निर्देशन


८ बैशाख २०७९, बिहिबार


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विस्फोटको छानबिन गर्न निर्देशन दिएका छन् ।

गृहमन्त्री खाँणले गृह सचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेल र सशस्त्र प्रहरीका ललितपुर प्रमुख उपरीक्षक विकास घिमिरेलाई घाइतेको तत्काल उद्धार गर्न र घटनाको छानबिन निर्देशन दिएका हुन् ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार विस्फोटमा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते र पाँच जना घाइते भएका छन् । घाइतेहरुको अस्पतालमा उपचार भइरहेको प्रजिअ उपाध्यायले बताए ।

अक्सिजन भर्ने क्रममा एक्कासि विस्फोट भएको महानगरीय प्रहरी परिसर, ललितपुरले जनाएको छ । प्लान्टमा कार्यरत अन्य श्रमिकलाई भने प्रहरीले उद्धार गरेको छ ।

सम्बन्धित समाचार : ललितपुरको अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु, चार जना घाइते

Tags :
प्रतिक्रिया दिनुहोस