शङ्कास्पद यात्रा भन्दै ब्रिटिस कलेजका ४६ विद्यार्थीलाई रोक्यो अध्यागमनले « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

शङ्कास्पद यात्रा भन्दै ब्रिटिस कलेजका ४६ विद्यार्थीलाई रोक्यो अध्यागमनले


६ बैशाख २०७९, मंगलबार


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयले भिजिट भिसामा दुबई जान लागेका ब्रिटिस कलेजका ४६ जना विद्यार्थीलाई ‘शङ्कास्पद यात्रा’ भन्दै प्रस्थान अनुमति नदिई फर्काइदिएको छ।

उनीहरू मङ्गलवार बिहान दुबई जान अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। शिक्षा तथा प्रविधि मन्त्रालयको सिफारिस र अध्यागमन विभागको पूर्व स्वीकृति नभएकाले विमानस्थल स्थित अध्यागमन कार्यालयले उनीहरूलाई प्रस्थान अनुमति दिन अस्वीकार गरेको हो ।

प्रस्थान अनुमति दिन अस्वीकार गरेपछि ब्रिटिस कलेजका विद्यार्थीहरूले अध्यागमनका अधिकारीहरूसँग सवाल जवाफ गर्ने प्रयास गरेका थिए ।

अध्यागमनका अधिकारीहरूले गृह मन्त्रालयले तोकेको मापदण्ड पूरा नगरेकाले प्रस्थान अनुमति दिन नसकिने विद्यार्थीहरूलाई जवाफ दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस