काँग्रेसबाट हेटौँडा उपमहानगरका लागि मेयर र उपमेयर सिफारिस « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काँग्रेसबाट हेटौँडा उपमहानगरका लागि मेयर र उपमेयर सिफारिस


६ बैशाख २०७९, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसले हेटौँडा उपमहानगरपालिकाको मेयर र उपमेयरमा पार्टीबाट आकाङ्क्षीको नाम सिफारिस गरेको छ ।

हेटौँडा नगर कार्यसमितिको बैठकले मेयरमा एक महिलासहित तीन जना र उपमेयरमा तीन जना महिलाको नाम सिफारिस गरेको हो ।

मेयरमा आनन्दराम पराजुली, उत्सव इटेनी र लक्ष्मी श्रेष्ठको नाम सिफारिस भएको छ। इटेनी नगर सभापति हुन् ।

यस्तै उपमेयरका लागि अमृता थापा, इन्दिरा न्यौपाने र तारा राईको नाम सिफारिस गरिएको नगर समितिले जनाएको छ ।

पार्टी कार्यसमितिबाट मेयर र उपमेयरका आकाङ्क्षीको नाम क्षेत्रीय कार्यसमिति हुँदै जिल्लामा पठाइएको छ । काँग्रेस विधानअनुसार प्रदेश संसदीय समितिले उपमहानगरको टिकट दिने व्यवस्था रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस