गठबन्धनको बैठक निष्कर्षविहीन, भोलि पुनः बस्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गठबन्धनको बैठक निष्कर्षविहीन, भोलि पुनः बस्ने


५ बैशाख २०७९, सोमबार


काठमाडौँ । चुनावी तालमेल तथा स्थानीय तहमा सिट बाँडफाँडको विषयमा सहमति जुटाउन बसेको सत्तारुढ गठबन्धनको बैठक निष्कर्षविहीन बनेको छ ।

नेताहरूले बैठक सकारात्मक भएको जिकिर गरे पनि कुनै ठोस सहमति भने नभएको बताएका छन् ।

बैठक मङ्गलवार पुनः बसेर सहमति जुटाउन प्रयास हुने बताइएको छ। गठबन्धन दलका शीर्ष नेतासहितको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा काँग्रेसबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्र कार्की, माओवादीबाट अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, देव गुरुङ, एकीकृत समाजवादीबाट माधव नेपाल, वेदुराम भुसाल, विजय पौडेल, जसपाबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, जनमोर्चा हिमाल पुरीलगायत सहभागी थिए ।

यसअघि आज बिहान बसेको बैठकमा दलहरूले महानगर र उपमहानगरको भागबण्डाका विषयमा आ आफ्नै दाबी पेस गरेका थिए । महानगर र उपमहानगरमा दलहरूले आ आफ्नै दाबी नछोडेपछि ३ घण्टा बसेको बैठक विना निष्कर्ष सकिएको थियो ।

बैठकमा विशेष गरी ६ महानगर र ११ उपमहानगरपालिकाको भागबण्डाका बारेमा छलफल भए पनि सहमति जुट्न सकस भएको हो । स्रोतका अनुसार नेपाली काँग्रेसले ६ वटै महानगरपालिका नछोड्ने अडान राखेका छ भने उपमहानगरको हकमा पनि ६ भन्दा बढी दाबी गरेको छ । त्यसै गरी माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाले पनि एक एकवटा महानगर आफूलाई चाहिने अडान राखेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस