मारियुपोलमा युक्रेनी सेना ‘अन्त्यसम्म लड्नेछ’ : प्रधानमन्त्री « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

मारियुपोलमा युक्रेनी सेना ‘अन्त्यसम्म लड्नेछ’ : प्रधानमन्त्री


५ बैशाख २०७९, सोमबार


वासिङ्टन । युक्रेनका प्रधानमन्त्रीले आइतबार आफ्नो देशको रणनीतिक रूपमा प्रयोग गरिने बन्दरगाह सहर मारियुपोल पराजित नभएको बताएका छन् ।

उनले भने, ‘रुसी आक्रमणबाट सहरलाई रक्षा गर्न घेरिएका सेनाहरूले यहाँ ‘अन्त्यसम्म लड्नेछन्’ ।’

किल्लामा इस्पातजस्तो उभिएका ती योद्धाहरूको आत्मसमर्पणका लागि रुसी अल्टिमेटम समाप्त भएको छ प्रधानमन्त्री डेनिस स्मिहलले एबीसीको ‘दिस विक’ कार्यक्रममा भने ।

उनले भने, ‘सहर अझै हारेको छैन । हाम्रा सिपाहीहरू र हाम्रो फौज अझै त्यहाँ लडिरहेको छ । तिनीहरूले अन्तसम्मै युद्ध गर्नेछन् ।’

यसअघि आइतबार नै रुसको रक्षा मन्त्रालयले युक्रेनी राजधानीमा मस्कोले आफ्नो आक्रमणलाई तीव्रता दिँदै कीभ बाहिर एउटा सैन्य प्लान्टमा आक्रमण गरेको बताएको थियो ।

रातको समयमा, उच्च हावामा प्रक्षेपण गरिएका क्षेप्यास्त्रहरूले ब्रोभरी, कीभ क्षेत्रको बस्ती नजिकै एउटा गोलाबारुद कारखानालाई नष्ट गरेको बताइएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस