बलान बिगुल गाउँपालिकाका उपप्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बलान बिगुल गाउँपालिकाका उपप्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


४ बैशाख २०७९, आइतबार


सप्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको बलान बिगुल गाउँपालिकाका उपप्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले बलान बिगुल गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महेश कुमार यादव, तत्कालीन योजना शाखा प्रमुख रमेश मरीक यादव, तत्कालीन प्राविधिक शाखा प्रमुख सब–इन्जिनियर सन्तोष कुमार रजक र तत्कालीन सह–लेखापाल सुभाष चन्द्र लालविरुद्ध मुद्दा दायर गरेको हो ।

उनीहरूले वडा कार्यालय भवन निर्माण भएभन्दा नापी किताबमा बढी देखाई भुक्तानीको लागि कागजात पेस गरी १० लाख ५ हजार ४९७ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियारले बिगो दाबी गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस