अब राजा फर्कने सम्भावना सकियो : अध्यक्ष थापा « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

अब राजा फर्कने सम्भावना सकियो : अध्यक्ष थापा


३ बैशाख २०७९, शनिबार


काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा अब राजा फर्कने सम्भावना सकिएको बताएका छन् ।

शनिवार बिहान सामाजिक सञ्जालमा नयाँ वर्षको शुभकामना दिँदै थापाले आफूले विभिन्न कारणले राजाको एजेन्डा छोडेको बताएका हुन् ।

उनले पार्टीहरू असफल हुँदैमा राजा नआउने बताएका छन् । एउटा पार्टी असफल भए अर्को आउने उल्लेख गर्दै थापाले भनेका छन्, ‘पार्टीहरू असफल भएर राजा आउने होइन । एउटा पार्टी असफल भए अर्को आउँछ ।’

त्यस्तै राजतन्त्र फर्कने विभिन्न कारण रहे पनि अहिले ती सबै बाटाहरू बन्द भएको उनले बताएका छन् । उनले भनेका छन्,‘राजा फर्कने अरू नै कारण थिए । राजाले नै त्यो बाटो बन्द गरिदिए ।अब असम्भव एजेन्डा बोकेर नयाँ पिँढीलाई भ्रममा पार्नु हुँदैन । असम्भव एजेन्डा बोकेर हिन्दु राष्ट्रलाई बन्धक बनाउन हुँदैन । २र३ प्रतिशत भोटको जगमा राप्रपा ठुलो हुँदैन,’ थापाको भनाइ छ ।

एमालेसँगको चुनावी तालमेलबारे अहिले आफूले गाली खाइरहे पनि आफू बलियो घर बनाउने अभियानमा रहेको थापाको भनाइ छ ।

उनले भनेका छन्, ‘मलाई थाहा छ,अन्ततः तपाईँहरू मेरै बाटोमा आउनुपर्छ।अहिले गालीगलौज र आरोपहरू खेपेर भए पनि तपाईँहरूका लागि म बलियो घर बनाएर राखिदिनेछु । पहिले पनि मैले बनाएकै घरमा तपाईँहरू आएको हो । त्यहाँ अझै केही समय रमाई राख्नोस्, ।’

Tags :
प्रतिक्रिया दिनुहोस