प्रदेश सरकार ६ ‘ब’ को अवधारणामा अघि बढेको छ : मुख्यमन्त्री शाही « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रदेश सरकार ६ ‘ब’ को अवधारणामा अघि बढेको छ : मुख्यमन्त्री शाही


१ बैशाख २०७९, बिहिबार


कर्णाली । मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको समृद्धि र विकासका लागि प्रदेश सरकार ६ ‘ब’ को अवधारणाअनुसार अघि बढेको बताएका छन् ।

नयाँ वर्ष २०७९ का अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उनले कर्णालीको विकासका लागि छ ‘ब’ अर्थात् बाटो, विद्युत्, विचार, वन, बजार र व्यवस्थापन नै मुख्य आधार भएको बताएका हुन् ।

मुख्यमन्त्री शाहीले विसं २०७८ मा कोरोना भाइरस महामारीका कारण प्रदेशको विकासमा लक्ष्यअनुसार प्रगति हुन नसकेको उल्लेख गरे । यद्यपि प्रदेश सरकारले स्थानीय तह र सङ्घीय सरकारसँग समन्वय गरेर महत्त्वपूर्ण कामको सुरुआत गरेको उनको भनाइ छ । सन्देशमा भनिएको छ, ‘सडक पूर्वाधारबिना कर्णालीमा विकास र समृद्धि सम्भव छैन, प्रदेश सरकारले राजधानी वीरेन्द्रनगरको पूर्वाधार निर्माणसँगै कर्णाली कोरिडोरको स्तरोन्नतिमा पहल गरिरहेको छ । ‘चुल्होको सरकार’ स्थानीय तह, ‘देखिने सरकार’ प्रदेश सरकार र ‘सुनिने सरकार’ सङ्घीय सरकारबिचको समन्वय, सहकार्य र सहअस्तित्वलाई कर्णाली प्रदेश सरकारले महत्त्व दिएको छ ।’

सो सन्देशमा मुख्यमन्त्री शाहीले नयाँ वर्षको शुभारम्भसँगै सबैले समयको महत्त्व बुझेर प्रदेशको विकासमा योगदान पुर्‍याउन पनि आग्रह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस