उदयपुरको रौतामा आगलागी, ५० लाखको क्षति « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

उदयपुरको रौतामा आगलागी, ५० लाखको क्षति


१४ बैशाख २०८१, शुक्रबार


उदयपुर । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ मा आगलागी हुँदा दुई घर जलेका छन् भने ५० लाख बराबरको क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बिहीबार अपराह्न स्थानीय खड्गबहादुर कटुवालको घरमा विद्युत् सर्ट भई आगलागी  हुँदा उनका छोरा रमेशको घरमा समेत आगो सल्किएको थियो।

आगलागीबाट घरभित्रको लत्ताकपडा र नगदसहित ३० लाख र छोरा रमेशको घरमा २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

आगलागीको सूचना प्राप्त हुनासाथ प्रहरी र स्थानीयले रौताबमाई गाउँपालिकाको दमकल प्रयोग गरेर आगो निभाएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस