एलएलबी प्रवेश परीक्षाका लागि फारम खुल्यो « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

एलएलबी प्रवेश परीक्षाका लागि फारम खुल्यो


३० चैत्र २०७८, बुधबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालय कानुन सङ्कायअन्तर्गत डिनको कार्यालयले एलएलबी पहिलो वर्षमा भर्नाका लागि प्रवेश परीक्षा फारम खोलेको छ।

शैक्षिक सत्र ०७७/०७८ का लागि वार्षिक प्रणालीमा स्नातक तह एलएलबी पहिलो वर्षमा नयाँ विद्यार्थीका लागि भर्ना गर्न लिइने परीक्षाको फारम खुलेको हो ।

वैशाख ४ गतेदेखि जेठ ४ गतेसम्म आवेदन फारम लिन सकिनेछ ।

एलएलबी पठनपाठन हुने क्याम्पसमा फारम बुझाउन सकिने सूचनामा उल्लेख छ ।

फारम र परीक्षाका लागि एक हजार दुई सय लाग्नेछ । त्रिविबाट स्नातक तह उत्तीर्ण गरेकाले फारम भर्न सक्नेछन् ।

प्रवेश परीक्षा भने आगामी जेठ २१ गते शनिबार हुनेछ । परीक्षा बिहान ११ देखि दिउँसो २ बजेसम्म चल्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस