बेलायतका प्रधानमन्त्रीलाई प्रहरीले कारबाही गर्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बेलायतका प्रधानमन्त्रीलाई प्रहरीले कारबाही गर्ने


३० चैत्र २०७८, बुधबार


लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई प्रहरीले कारबाही गर्ने भएको छ ।

लकडाउनका बेलामा नियम उलङ्घन गरेर भोजमा सहभागी भएकोले उनलाई कारबाही हुने भएको प्रहरी अधिकारीहरूले जनाएका छन् ।

घटना केही समय अगाडि नै भएको भएपनि प्रहरीले मङ्गलबार मात्रै उनी दोषी भएकोले कारबाही गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

प्रहरीले प्रधानमन्त्री बोरिससँगै एक कुलपति ऋषि सुनाकलाई पनि कारबाही हुने निष्कर्ष निकालिएको जनाएको छ ।

‘जोनसन र सुनाकलाई आज कारबाही सम्बन्धी सूचना पठाइएको छ, उहाँलाई जरिवाना गर्ने बारेको सूचना महानगरको प्रहरीले पठाएको हो,’ एक सरकारी अधिकारीले मङ्गलबार भने ।

देशभरी कोरोनाभाइरसको महामारी फैलिएकाले लकडाउन लागु भएको बेला सन् २०२० को मे २० मा उनले नियम उलङ्घन गरेको प्रहरीको भनाई छ ।

प्रहरीले जरिवाना तिराउनु पर्ने गल्ती गरेका प्रधानमन्त्रीले तत्काल राजीनामा दिनु पर्ने बेलायतका विपक्षी दलका नेताहरूको भनाई छ ।

प्रमुख विपक्षी दल लेबर पार्टीका नेता केइर स्टारमरले नैतिकताका आधारमा प्रधानमन्त्री जोनसनले राजीनामा दिनु पर्ने उल्लेख गरेका छन् । प्रधानमन्त्री जोनसनले पटक पटक नियम उलङ्घन गरेको उनको आरोप छ ।

Tags :
प्रतिक्रिया दिनुहोस