गभर्नरमाथि गरिएको कारबाही कानुन सम्मत : अर्थमन्त्री « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

गभर्नरमाथि गरिएको कारबाही कानुन सम्मत : अर्थमन्त्री


२८ चैत्र २०७८, सोमबार


काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले गभर्नरमाथि गरिएको कारबाही कानुन सम्मत भएको बताएका छन् ।

सोमबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलनमा गरेर मन्त्री शर्माले छानबिन समितिको रिपोर्ट आएपछि धेरै कुरा प्रस्ट हुने बताए । उनले भने, ‘छानबिन गर्ने कमिटी बनाएका छौँ । यो रिपोर्टले धेरै जानकारी दिन्छ ।’

समितिले काम गरिरहेको बेलामा गभर्नरमाथि लागेको आरोपबारे धेरै नबोल्ने उनले बताए । कर्जा प्रवाहको लक्ष्य १९ प्रतिशत राखेको भए पनि ३२ प्रतिशत पुगेको भन्दै उनले भने, समयमा नियन्त्रण गर्न आवश्यक हो कि होइन भनेर काम गर्ने राष्ट्र बैङ्कले हो ।’

Tags :
प्रतिक्रिया दिनुहोस