एमालेबाट इटहरीको मेयरका लागि ६ जनाको नाम सिफारिस « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

एमालेबाट इटहरीको मेयरका लागि ६ जनाको नाम सिफारिस


२८ चैत्र २०७८, सोमबार


विराटनगर । नेकपा (एमाले) इटहरी उपमहानगरपालिका कमिटीले मेयरमा ६ जनाको नाम सिफारिस गरेको छ ।

उम्मेदवारको टुङ्गो लगाउन बसेको बैठकमा सहमति नजुटेपछि ६ जनाको नाम सिफारिस गरेको हो ।

नगर कमिटीले मेयर द्वारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमसहित ६ जनाको नाम सिफारिस गरेको हो ।

बैठकले नगरप्रमुख चौधरी, उपप्रमुख गौतम, प्रदेश सदस्य रामप्रसाद चौलागाई, उपमहानगर अध्यक्ष यामकुमार सुब्बा, रेवती घिमिरे र बन्नुलाल चौधरीको नाम सिफारिस गरेको हो ।

उपमेयरको उम्मेदवार छनोटका लागि अम्बिका चौधरी, विष्णु शर्मा नेपाल, अमला श्रेष्ठ, अनिता शर्मा, सङ्गीता चौधरी, रामचरण चौधरी, गायत्री चौधरी, रुक्मिणी कोइराला र मिथिला पोख्रेलको नाम सिफारिस गरेको छ ।

उपमहानगरको उम्मेदवारको टुङ्गो केन्द्रीय कमिटीले लगाउनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस