करोडौँको भन्सार छलीको सामान सहित दुई वटा ट्रक नियन्त्रणमा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

करोडौँको भन्सार छलीको सामान सहित दुई वटा ट्रक नियन्त्रणमा


२३ चैत्र २०७८, बुधबार


वीरगन्ज । वीरगन्जबाट १ करोड ४६ लाख ४५ हजार ६ सय ७५ रुपैयाँ बराबरको समानसहित दुई वटा ट्रक नियन्त्रणमा लिइएको छ ।

सशस्त्र प्रहरीले प्रज्ञापन पत्रबिना(भन्सार राजश्व नतिरी) मालसामान लिएर वीरगन्जबाट पथलैयातर्फ जाँदै गरेको दुई वटा ट्रक वीरगन्ज– १४ गण्डक चोकबाट नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल १३ नम्बर गण हेड क्वार्टर पर्साबाट खटिएको सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको ट्रकहरूको मूल्य २५÷२५ लाख रहेको अनुमान गरिएको छ ।

प्रज्ञापन पत्रबिना मालसामान ढुवानी भइरहेको गोप्य सूचनाको आधारमा खटिइएको सशस्त्र प्रहरीको टोलीले गण्डक चोकमा ना २ ख ९५४३ र ना ७ ख ९४२ नम्बरको ट्रक रोकेर चेकजाँच गर्दा ना २ ख ९५४३ नम्बरको ट्रकबाट भन्सार प्रज्ञापन पत्र नभएको मेडिकल उपकरण, औषधि र अन्य खुद्रा सामान गरी ९४ लाख ५३ हजार ५८ रुपैयाँ मूल्य बराबरको सामान बरामद गरिएको छ ।

ना ७ ख ९४२ नम्बरको ट्रकमा ५१ लाख ९२ हजार ६ सय १७ रुपैयाँको कपडा र अन्य सामान फेला परेको प्रहरी अधिकारीले जनाएका छन् ।

दुवै ट्रकसहित बरामद गरिएको समानको मूल्य १ करोड ९६ लाख ४५ हजार ६ सय ७५ रुपैयाँ मूल्याङ्कन गरिएको र बरामद गरिएको सामान, ट्रक सहित आवश्यक कारबाही लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस