दाङ । घोराही उपमहानगरपालिकालाई मुलुककै पहिलो बालमैत्री उपमहानगरपालिका घोषणा गरिएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बुधवार घोराहीलाई बालमैत्री उपमहानगर घोषणा गरेका हुन् ।
बालमैत्री स्थानीय शासनका सबै सूचक तथा मापदण्ड पूरा गर्दै घोराही उपमहानगर संघीय शासन व्यवस्थापछिको पहिलो बालमैत्री उपमहानगर बनेको हो ।
उपमहानगरले बालमैत्री घोषणाका लागि आवश्यक ५१ वटा सूचकहरू पूरा गरेको छ । चैत ९ गते लुम्बिनी प्रदेश सरकारको मुख्य मन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले घोराहीलाई बालमैत्री उपमहानगर घोषणा गर्ने निर्णय गरेको थियो ।