यात्रुको स्वास्थ्यमा समस्या देखापरेपछि बुद्ध एयरको जहाज नेपालगन्जमा आकस्मिक अवतरण « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

यात्रुको स्वास्थ्यमा समस्या देखापरेपछि बुद्ध एयरको जहाज नेपालगन्जमा आकस्मिक अवतरण


२३ चैत्र २०७८, बुधबार


काठमाडौँ । धनगढी विमानस्थलबाट काठमाडौँका लागि उडेको बुद्ध एयरको जहाजमा यात्रा गरिरहेका एक यात्रुको स्वास्थ्यमा समस्या देखा परेपछि आकस्मिक अवतरण गर्नु परेको छ ।

बुद्ध एयरका अनुसार धनगढीबाट काठमाडौँका लागि उडेको उडान नम्बर २५२ जहाजमा यात्रुको स्वास्थ्यमा अकस्मात् समस्या देखिएको थियो ।

सो जहाजलाई धनगढीबाट नजिकैको नेपालगन्ज विमानस्थलमा अवतरण गराइएको छ ।

विमानस्थलमा एम्बुलेन्स र स्वास्थ्यकर्मीको समेत व्यवस्था गरिएको थियो ।

यात्रुको चेकजाँच र यात्रुले ठिक छ भने पछि बिरामी आफन्तका साथमा बाहिर निस्किएको कम्पनीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस