कोशीमा बजेटका सिद्धान्त पेश हुँदै « प्रशासन
Logo ३ असार २०८१, सोमबार
   

कोशीमा बजेटका सिद्धान्त पेश हुँदै


१३ जेष्ठ २०८१, आइतबार


काठमाडौँ । कोशी प्रदेश सभामा सरकारले आज बजेट सिद्धान्त तथा प्राथमिकता पेश गर्ने भएको छ ।

सरकार गठनको विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै नेपाली काँग्रेसले भने आजको बैठक सार्न माग गर्दै संसद् सचिवालयमा पत्र दर्ता गरेको छ । सरकार गठनका विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले जेठ १६ गते सम्मा बैठक सार्न काँग्रेसले माग गरेको हो ।

नेपाली काँग्रेस कोशी प्रदेशका प्रमुख सचेतक गोपाल तामाङले बैठक नसारे कोशी प्रदेश सभाको बैठक बहिस्कार गर्ने बताएका छन् । वैशाख ३१ गते मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिएको बैठकलाई समेत काँग्रेसले बहिस्कार गरेको थियो ।

हिक्मत कार्की नेतृत्वको नयाँ सरकार गठनको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै ३१ वैशाखमा नेपाली काँग्रेस संसदीय दलको बैठकपछि आफूहरू सदनमा उपस्थित नहुने पत्र लेखेर सभामुखलाई बुझाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस