निर्वाचन आचारसंहितामा कसैको असहमति छैन : उपसभापति खड्का « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

निर्वाचन आचारसंहितामा कसैको असहमति छैन : उपसभापति खड्का


२२ चैत्र २०७८, मंगलबार


काठमाडौँ । सत्तारूढ दल नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आसन्न स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा कसैको असहमति नरहेको बताएका छन् ।

निर्वाचन आयोगले आज (मंगलबार) गरेको आचारसंहितामाथि दलहरूको प्रतिबद्धता लिने कार्यक्रममा विवाद देखिए पनि अन्तमा सबै दल सहमत भएको उनले बताए ।

‘केही समस्या देखिएको थियो । पछि आयुक्तज्यूहरूले प्रस्ट्याएपछि कुरा क्लियर भएर सबै दलहरूले प्रतिवद्धतामा क्रमश: दस्तखत गरिराख्नुभएको छ । मैले काँग्रेसका तर्फबाट गरे,’ कार्यक्रमपछि बाहिरिएर पत्रकारसँग प्रतिक्रिया दिँदै उनले भने,‘हामीले निर्वाचन आयोगले सधैँ जारी गर्ने आचारसंहिता अक्षरशः पालना गर्छौँ ।’

आयोगले आयोजना गरेको आजको कार्यक्रम परम्परागत निरन्तरता मात्र भएकाले कसैले पनि शङ्का गर्न नहुने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस