उदयपुरमा एक स्कुले छात्राको हत्या « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

उदयपुरमा एक स्कुले छात्राको हत्या


२२ चैत्र २०७८, मंगलबार


हत्या

काठमाडौँ । उदयपुरको बेलका नगरपालिका-३ मा एक छात्राको हत्या भएको छ ।

कोसी जनता माध्यमिक विद्यालय रामपुरमा कक्षा १० मा अध्ययनरत कविता सुनुवारको यसोदा खोलामा हत्या भएको हो ।

उनी विद्यालय आउने क्रममा बाटोमै क्रूर र हिंस्रक ढङ्गले हत्या भएको विद्यालयका प्रधानाध्यापक सूर्य नारायण साहले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बस्नेत र प्रधानाध्यापक साहले संयुक्त विज्ञप्ति प्रकाशित गरी घटनाको निष्पक्ष छानबिन गरी अपराधी पत्ता लगाउन र कडा सजाय दिन माग गरेका छन् ।

विज्ञप्ति :

Tags :
प्रतिक्रिया दिनुहोस