क्यालिफोर्नियामा गोली चल्दा ६ जनाको मृत्यु, १२ घाइते « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

क्यालिफोर्नियामा गोली चल्दा ६ जनाको मृत्यु, १२ घाइते


२१ चैत्र २०७८, सोमबार


काठमाडौँ। अमेरिकाको क्यालिफोर्नियामा गोली चल्दा ६ जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् ।

क्यालिफोर्निया राज्यको राजधानी सेक्रामेन्टोको रेस्टुरेन्ट र बारहरू रहेको व्यस्त इलाकामा स्थानीय समय अनुसार आइतबार बिहान गोली चलेको थियो । गोली चलेपछि प्रहरीले पनि जवाफी कारबाही गरेको थियो ।

घटनामा संलग्नको पहिचान नभएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अमेरिकामा गोली काण्डबाट हरेक वर्ष करिब ४० हजार जनाको मृत्यु हुने गरेको छ । यसमा आत्महत्याको सङ्ख्या पनि संलग्न छ ।

Tags :
प्रतिक्रिया दिनुहोस