प्रधानमन्त्री देउवालाई भारतीय रक्षा राज्यमन्त्री भट्टले दिल्ली विमानस्थलमा स्वागत गर्ने « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

प्रधानमन्त्री देउवालाई भारतीय रक्षा राज्यमन्त्री भट्टले दिल्ली विमानस्थलमा स्वागत गर्ने


१८ चैत्र २०७८, शुक्रबार


नयाँ दिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतका रक्षा तथा पर्यटनराज्यमन्त्री अजय भट्टले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने भएका छन् ।

तीन दिने भ्रमणका लागि केही बेरमा नयाँ दिल्ली अवतरण गर्न लागेका प्रधानमन्त्री देउवासहितको भ्रमण टोलीको स्वागतमा राज्यमन्त्री भट्टले स्वागत गर्ने भएका हुन् ।

प्रधानमन्त्री देउवाको स्वागतमा दिल्ली विमानस्थलमा बोर्डहरू पनि राखिएका छन् ।

प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्यमन्त्री विरोध खतिवडा, ऊर्जामन्त्री पम्फा भुसाल र कृषिमन्त्री महेन्द्र राय यादव पनि रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस