चुनावी तालमेलको पक्षमा लिङ्देन, अधिकांश स्थानीय तहमा उम्मेदवारी दिने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

चुनावी तालमेलको पक्षमा लिङ्देन, अधिकांश स्थानीय तहमा उम्मेदवारी दिने


१८ चैत्र २०७८, शुक्रबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी स्थानीय तह निर्वाचनमा अधिकांश स्थानमा उम्मेदवारी दिने बताएका छन् ।

शुक्रबार जनकपुरधामस्थित विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै लिङ्देनले पार्टीले राम्रो चुनावी नतिजा हासिल गर्ने पनि दाबी गरे ।

‘जे सक्छौ, त्यो गर्छौ, अधिकांश स्थानमा उम्मेदवारी दिइन्छ । पहिलाभन्दा बढी ठाउँमा जित्छौँ’, उनले भने । लिङदेनले पार्टीले यसअघि जितेका चार वटा स्थानीय तहलाई नमुना पालिकाको रूपमा विकास गरेकाले अब हुन लागेको स्थानीय तहको निर्वाचनमा बढी भन्दा बढी सिट जित्ने दाबी गरे ।

उनले राप्रपा स्थानीय तहको निर्वाचनमा एक्लै जाने र आवश्यकताको आधारमा चुनावी तालमेल गरेर जान सकिने बताए । राप्रपाले अघिल्लो स्थानीय तहको निर्वाचनमा ७५३ स्थानीय तह मध्ये ४० प्रतिशत स्थानमा मात्रै उम्मेदवारी खडा गर्न सकेको स्मरण पनि गरे ।

उदयपुरमा हुन लागेको राप्रपाको निर्धारित कार्यक्रममा सहभागी हुनका लागि उनी जनकपुर हुँदै उदयपुर गएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस